कञ्चनपुर। कञ्चनपुरमा सशस्त्र प्रहरीले बिभिन्न सीमा नाकाबाट ७ लाख बढीको अबैध सामान बरामद गरेको छ । प्रहरीले निषेधाज्ञा उल्लघंन गरेर भारतबाट अबैध रुपमा नेपाल भित्र्याएको ७ लाख ३३ हजार २ सय ३० रुपैयाँ बराबरको सामान र सवारी साधन बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्बाटर शैलेश्वरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सीमानाकाहरुबाट उक्त रकम बराबरको बिडि, सुर्ति, चिनि, सुपारी, किटनाशक औषधि, चप्पल, साईकल, ईलेक्ट्रिक समान, युरीया मल र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिएका छन । उनले बरामद गरिएको सामान आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको बताए ।