धनगढी। कैलालीमा ९ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । शनिबार ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दीर नजिक पुर्व पश्चिम महेन्द्रराजमार्ग संकास्पद रुपले बसेका २ जनालाई चेकजाँचका क्रममा ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खड बस्ने २३ बर्षिय बिशाल थापा र सोही वडा नम्बर १ शान्तिनगर बस्ने १९ बर्षिय श्याम मगर रहेका छन् ।
प्रहरीले खानतलासी गर्दा निज दुवैको साथबाट ९ ग्राम ३६० मिलिग्राम लागु औषध ब्राउन सुगर, ८९ हजार ५०० नेपाली रुपैयाँ, २३ हजार ५०० भारतिय रुपैयाँ र ४ थान मोबाईल पनी बरामद गरीएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्ब जनालाई लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट आज म्यादथप अनुमती लिई थप अनुसन्धान भई रहेको जनाएको छ।