धनगढी। धनगढीमा चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ परेका छन् । कैलाली प्रहरीले चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जनालाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका –१३ का २१ वर्षीय सोमराज जोशी र धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरी रहेका छन् । आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १ एलएन चोक सडकखण्डमा साईकलमा गइरहेका धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध औषधिसहित पक्राउ गरिएको थियो।प्रहरीले उनको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरेको थियो।
अनुसन्धानका क्रममा उनले ती औषधि धनगढी–१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए। त्यसपछि कैलाली प्रहरीको टोलीले उक्त मेडिकलमा छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेको थियो। छापापछि प्रहरीले सोही मेडिकलमा काम गर्ने धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनका अनुसार बरामद औषधि र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको छ।
स्पास्मो प्रोक्सीभोन प्लस कैप्सूल तीन औषधीहरूको संयोजन हो, डाइस्क्लोमाइन, प्यारासिटामोल र ट्रामाडोल। यो औषधि गम्भीर दुखाइ राहतको लागि प्रयोग गरिन्छ। यसले पेट र आन्द्राको मांसपेशीहरूमा विश्राम गरेर काम गर्दछ र अचानक मांसपेशिको ऐंठन रोकिन्छ। प्रेग्यास्टार–१५० एमजी कैप्सूल एक एन्टी-एपिलेप्टिक औषधि हो जुन केहि प्रकारका दौराको उपचारको लागि प्रयोग गरिन्छ। यो मधुमेह, केही भाइरल रोग, र फाइब्रोमाइल्जिया जस्ता सर्तहरूले निम्त्याएको क्षतिसँग सम्बन्धित पीडा कम गर्न पनि प्रयोग गर्दछ। पर्लिन–७५ एमजी कैप्सूल एक एन्टी-एपिलेप्टिक औषधि हो जुन केहि प्रकारका दौराको उपचारको लागि प्रयोग गरिन्छ। यो मधुमेह, केही भाइरल रोग, र फाइब्रोमाइल्जिया जस्ता सर्तहरूले निम्त्याएको क्षतिसँग सम्बन्धित पीडा कम गर्न पनि प्रयोग गर्दछ