धनगढी। नेपाल कम्युनिष्ट एमाले कैलाली जील्ला कमिटी सचीवालय सदस्य नेता शेर बहादुर साउँदको ४५ औंँ दिनको पण्य तिथीमा श्रद्धान्जली सभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले कैलाली जील्ला कमिटीले स्वर्गीय साँउदको जोशीपुर गाउपालीका वडा नं १ राजीपुर स्थीत घरमै आइतबार श्रद्धान्जली सभा गरिएको हो। पार्टीका केन्द्रीय सदस्य गरीमा शाहको प्रमुख आतिथ्यतामा भएको सभाको अध्यक्षता कैलाली जील्ला अध्यक्ष तथा सुदूरपश्चीम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतीथि शाहले नेकपा एमाले कैलाली कमिटी सचीवालय सदस्य साउँदको निधनले बामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गरीन । यस्तै सुदुरपश्चीम प्रदेशका भौतिक पुर्वाधाार विकास मन्त्री समेत रहेका दीर्घ सोडारीले विद्यार्थी आन्दोलन देखी राजनीतीमा क्रियाशील व्यक्ती साउँदको निधनले पार्टी पंक्तीलाई स्तब्ध बनाएको बताए। स्वर्गीय साउँदको संगठन निर्माणमा पु¥याएको योगदान चर्चा गर्दै मन्त्री सोडारीले उहाँका गुणबाट प्रेरित हुनुपर्ने बताए ।
सभामा नेकपा एमाले कैलाली जिल्लाका उपाध्यक्ष भैरव रावल, सचिब विमल जोशी, उपससचिब शिवराज विनाडी, दील बहादुर वि।क, प्रेमलाल चौधरी, सचिवालय सदस्य गोमा आचार्य, ललीत साउँद, क्षेत्रीय अध्यक्ष ओम विनाडी र रघुनाथ उच्च माध्यामीक विद्यालयका स्ववियु सभापती सिद्धराज जोशी लगाएतको उपस्थिती रहेको थियो । २०२८ सालमा अछामको रामारोशनमा जन्मीएका स्वर्गीय साउँदको निधन जेठ ७ गते भएको थियो ।