निर्मल रैका,धनगढी। बरिष्ठ सामाजसेबी डा आरजुद्धारा खाध्य तथा पोषणयुक्त सामाग्री बितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक)की संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाको पहलमा अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ । कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारहरुलाई दैनिक जीवन गुजारा गर्न समेत धौ धौ परिरहेको जानकारी पाएपछि डा.आरजुले उनीहरुको खाद्य तथा पोषण सुरक्षाका लागि तत्काल उक्त खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरेकी हुन्।
यस क्रममा उनले धनगढी उपमहानगरपालिका वडा नं १७ उर्माको सुकुम्बासी शिविरका ४० जना, फूलवारी बि गाउँका ९ जना, वडा नं ८ का १० जना र वडा नं १ का १ जना गरी जम्मा ६० जना अति विपन्न गरिब,दलित,एकल महिला,अपांगता भएका व्यक्ति,एचआईभी एड्स प्रभावित व्यक्ति, तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्यन्न्न सामाग्री वितरण गरिएको हो । रुडुक मार्फत संस्थापक अध्यक्ष डा.आरजुले प्रति व्यक्ति २५ केजी चामल,मसुर दाल २ केजी,अण्डा १ क्रेट,चना २ केजी,तेल २ प्याकेट,नुन १ प्याकेट,चियापत्ती १ प्याकेट,चिनी २ केजी,आलु ढाईकेजी,प्याज ढाई केजीका दरले जम्मा ६० जनालाई १५०० केजी चामल,मसुर दाल १२० केजी,अण्डा ६० क्रेट,चना १२० केजी,तेल १२० प्याकेट,नुन ६० प्याकेट,चियापत्ती ६० प्याकेट,चिनी १२० केजी,आलु १५० केजी, र प्याज १५० केजी वितरण गरेकी हुन्।
बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले यस अघि कोरोनाको उच्च जोखिममा बिरामीलाई समस्या परिरहेको जानकारी पाएपछि तत्काल सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेकी थिइन् । उनले अक्सिजन प्लान्ट खरिदका लागि सर्वप्रथम धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग तथा पहिलो चरणको कोभिड १९ मा पनि सुदूरपश्चिमका ९ वटै जिल्ला स्वास्थ्य संस्था एवं प्रसूति गृहमा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी थिइन्। त्यसै गरी बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणाले कैलालीका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्य तथा पोषण सामाग्री प्रदान,सिमानाकामा अलपत्र परेका नेपालीहरूलाई निःशुल्क खाना,आइसोलेसन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरू सहयोग पनि गरेकी थिइन्।