धनगढी। कैलालीको धनगढीमा संयुक्त विद्यार्थी सङ्गठनद्धारा मसाल जुलुस सहित बिरोध प्रर्दशन गरिएको छ । सरकारको प्रतिगमन, भ्रष्टाचार र सरकारका जनबिरोधी कृयाकलापका बिरुद्ध देश ब्यापी रुपमा मसाल जुलुस सहित बिरोध अन्तरगत जिल्ला प्रशासन कार्यालय कैलाली देखी सेती प्रादेशिक अस्पतालसम्म मसाल जुलुस सहित बिरोध प्रर्दशन गरिएको हो ।
मसाल जुलुस तथा बिरोध प्रर्दशन सहित नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तीकारी,अनेरास्वबियु समाजबादी बिद्यार्थी युनियन तथा अखिल छैटौँ लगायतका बिद्यार्थी संगठनद्धारा मसाल जुलुस सहित बिरोध प्रर्दशन गरिएको नेपाल विद्यार्थी सङ्घका नेता देवेन्द्र जोशीले जानकारी दिए।
सरकारले गरेको प्रतिगमन, भ्रष्टाचार र सरकारका जनबिरोधी कृयाकलापका बिरुद्ध बिद्यार्थी संगठनहरुले चर्को बिरोध गरेका थिए । आन्दोलनरत रहेका नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजी समेत गरिएको जनाइएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर नै आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाल विद्यार्थी सङ्घका देवेन्द्र जोशीले जानकारी दिए। विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका डम्बर भट्टराई, अखिलका नेता समीर जोशी लगायतको विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो। मसाल जुलुस तथा बिरोध प्रर्दशनमा बोल्दै अखिलका नेता समीर जोशीले पटक-पटक संसद बिघटन भएको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना समेत गरे । उनले भने, पटक पटक संसद बिघटन भएको र अहिलेको अवस्थाको मूख्य खलपात्र को हो ? मोरल्ली वाला प्रबक्ता ज्यु खै ? नैतिकता ? भन्दै प्रती प्रश्न गरे । यस्तै अखिलका नेता जोशीले बालुवाटारमा दाइँ गरेर कम्तिमा पुस्पलालको नाम बदनाम नगरौ भन्दै आफ्ना कुराहरू राखे । यस्तै उनले जातिय विभेदलाई आशय दिने शिक्षा मन्त्रीको राजीनामा माग गरेका छन् । साथै जनतालाई तत्काल कोरोना खोपको व्यवस्था मिलाउन र बाढी पहिरो पीडितको उचित गास बास र कपासको बेवास्ता मिलाउन समेत माग गर्दै सरकारलाई ध्यानाकर्षण गराए।
हिजो अस्ती मात्रै संयुक्त विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । देशव्यापी विरोध कार्यक्रम अन्र्तगत धनगढीको लक्ष्मीनारायण चौकमा विद्यार्थी सङ्गठनले लगातार बिरोध तथा पुत्ला दहनका कार्यक्रम गरिरहेका छन् ।

धनगढीमा संयुक्त विद्यार्थी सङ्गठनद्धारा मसाल जुलुस सहित बिरोध प्रर्दशन(फोटो फिचर)
धनगढीमा संयुक्त विद्यार्थी सङ्गठनद्धारा मसाल जुलुस सहित बिरोध प्रर्दशन(फोटो फिचर)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

