कञ्चनपुर। कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला परेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ कालिका बजारस्थित अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा प्रहरीलाई सूचना प्राप्तपछि ईलाका प्रहरी कार्यालय दोधरा कञ्चनपुरबाट अनुसन्धानमा टोली खटिएको थियो ।
ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीले घटनास्थलमा मुचुल्का गरेपछि शब परीक्षणको लागि प्रादेशिक स्वास्थ्य केन्द्र दोधराको लाश घरमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् ।