धनगढी। धनगढीमा सामान्य हावाहुरीमा पनी विद्युत सेवा अवरुद्ध हुने गरेको छ । हिजो राती पनी सामान्य बर्षा र हावाहुरीका कारण धनगढीमा विद्युत सेवा अवरुद्ध बन्यो । यसरी सामान्य हावाहुरी र बर्षामा पनी घण्टौसम्म बिद्युत अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले यस्मा लापरवार्ही गरेको स्थानियले बताएका छन् ।
सममयै मर्मत र दिगो रुपमा समस्या समाधान नगर्दा धनगढी बासीले समस्या भोग्नुपरेको धनगढी ७ क्याम्पस रोडका मुकेश सिँहले भने । उनले भने यो बिद्युत प्राधिकरणको लापरवार्ही हो, उनले भने। केहीदिन यता गर्मी बढेसँगै धनगढीमा छिनछिनमा बत्ती जाने आउने समस्याका कारण धनगढी बासी निकै हैरान बनेका छौँ, सिँहले भने।बत्ती गएर मोवाईल चार्ज गर्न पनी समस्या छ । उखरमाउलो गर्मीमा बिद्युत छिनछिनमा बत्ती जाने आउने समस्याका कारण हैरान छौँ, नत बस्न सकिन्छ यो गर्मीमा के गर्ने के नगर्ने समस्या छ, उनले भने।
यता, हिजो राती बत्ती गएको सन्र्दभमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले शुक्रबार रातिको बर्षासँगै आएको हावाहुरीका कारण विभिन्न स्थानमा क्षति हुँदा विद्युत सेवा अवरुद्ध भएको बताए । ३ वटा फिडर अन्तरगत भन्सार, राजपुर र मनहेरा फिडरमा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए । विद्युत लाइन मर्मतपछि बिद्युत सेवा सुचारु भैसकेको बताए । अन्य समयमा सिस्टमको समस्याका कारण सो समस्या देखीएको बताउँदै यस्को समाधान गरीने वितरण केन्द्र प्रमुख चौधरीले जानकारी दिए ।