धनगढी। कोरोना नियन्त्रण तथा रोकथामका लागी पठाइएका स्वास्थ्य सामाग्री डोटीका स्वास्थ्य चौकीहरुमा पुगेका छन् । बोधी सत्व बिहारसंस्थाद्धारा उपलब्ध गराइएको कोरोना नियन्त्रण तथा रोकथामका लागी आवस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु डोटीका बिभिन्न स्वास्थ्य चौकीहरुमा पुगेको जनाइएको छ । मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजकत्वमा डोटीका बिभिन्न स्वास्थ्य चौकीहरुमा सेनेटाईजर, अक्सिजन सिलीण्डर, थर्मल गन, माक्स लगायत स्वास्थ्य सामाग्री पठाइएको थियो ।मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजक तथा नेपाल महिला संघ नगर सभापती जागृती बोगटीको पहलमा डोटीका शिखर १ तथा दिपायल शिलगढी नगरपालीका तिखा लगायतका स्वास्थ्य चौकीमा कोरोना नियन्त्रणका लागी आवस्यक पर्ने स्वास्थ्य सामाग्री पठाइएको हो । यस्तै डोटीकै दिपायल शिलगढी नगरपालीका २ खुल्लेक स्वास्थ्य चौकीमा पनी स्वास्थ्य सामाग्री पुगेको जनाइएको छ । यता दिपायल सिलगढी नगरपालीकाको स्वास्थ्य शाखाले तिखा स्वास्थ्य चौकी र खतीवडा स्वास्थ्य चौकी डोटीले स्वास्थ्य सामाग्री बुझेको जनाएको छ । यस्तै दानकोट स्वास्थ्य चौकी, तल्कोट स्वास्थ्य चौकी शिखर नगरपालीका र बड्डी केदार गाउँपालीकामा उक्त स्वास्थ्य सामाग्री पठाउने लक्ष्य रहेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.