कञ्चनपुर। कञ्चनपुरमा अबैध काठ चोरी निकासी मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले आरक्ष भित्र प्रबेश गरी अबैध काठ चोरी निकासी मुद्धामा फरार प्रतिबादिलाई पक्राउ गरेको हो । कञ्चनपुर जिल्ला अदालतबाट २०७३ साउन १८ गतेको फैसलाले ६ महीना कैद र २४ हजार २८६ रुपैयाँ जरिवाना भइ फरार प्रतिबादि कञ्चनपुर भिमदत्त नगरपालीका १८ एर्पोट बस्ने सुरेन्द्र भन्ने सुरेश भण्डारीलाई पक्राउ गरेको हो।
उनलाई हिजो बिहीबार घर ठेगानामै लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ गरीएका भण्डारीलाई कञ्चनपुर अदालतमा पेश गराईएकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।