धनगढी। धनगढीमा पनी शिक्षकहरु आन्दोलित भएका छन् । शैक्षिक संस्थाको स्तरवृद्धी र शिक्षण पेशाप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन् । शिक्षकहरुका मागहरु प्रति सरकार गैरजिम्मेवार बनेको भन्दै आन्दोलनको चौथौँ चरण अन्तर्गत शुक्रबार धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघ धनगढीको ११ सदस्यीय स्थानीय आन्दोलन परिचालन समितिले आफ्ना मागहरु प्रति सरकार गैरजिम्मेवार बनेको उनीहरुको भनाई छ ।विगतमा राज्यको तलब खाने कर्मचारी, शिक्षक सबैलाई एकै दर्जामा राखेको भएतापनि अहिले आएर राष्ट्रसेवकको दर्जामै नपर्नेभरी विभेद गरेको शिक्षक महासंघ नगर कार्यसमितीका अध्यक्ष नवराज ओझाले जानकारी दिए । आगामी दिनमा आउन सक्ने आँधिबेरीको जिम्मेवार सरकार स्वयम बन्नुपर्छ, उनले भने। यता पटक पटकको ध्यानाकर्षणका बाबजुत पनि सरकाले आफुहरुको मागप्रति कुनै चासो नदेखाएको शिक्षक महासंघका धनगढी नगर उपाध्यक्ष तिर्थराज पाण्डेयले भनेका छन् ।
शिक्षकहरुको तलव सुविधा वृद्धी गर्नुका साथै कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने शिक्षकहरुले माग राखेका छन् । सरकारले शिक्षा क्षेत्रमा सरकारको बजेट अत्यन्तै भएको बताउँदै शिक्षकको तलव सुविधा तथा भत्ताको विषयमा तिनै तहका सरकारको पहल विभेदकारी भएको त्रिनगर माध्यामिक विद्यालयका प्रध्यानाध्यापक भुपालसिंह खड्काले बताएका छन्।