अछाम। अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । बाल शिक्षक संर्घष समिति रामारोशन गाउँपालिकाको नेतृत्वमा गाउँपालिकाका कार्यालय र शिक्षा विकास शाखामा बिहिबार तालाबन्दी गरिएको हो । बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन्।
बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ ।केन्द्र सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ पु¥याएको छ । लगातारको माग र छलफल पछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिए पछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीले जानकारी दिईन।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकको समस्या समाधान गर्न नसकिने भने। गाउँपालिकाका विकास निर्माणका योजनामा समेत भुक्तानी गर्न बाँकी रहेको र विषयगत शाखा सञ्चालनमा पनि आर्थिक अभाव भइरहेकाले उनीहरूको माग सम्बोधन गर्न गाउँ सभा र आफूहरू गम्भीर रहेको प्रतिक्रिया दिएका छन्।