धनगढी। रोटरी क्लब अफ धनगढीको अध्यक्षमा दीपक उपाध्याय चयन भएका छन्। रोटरी क्लब अफ धनगढी बोर्ड अफ मेम्बर २०२१,२२ का लागी उपाध्याय चयन भएका हुन् । २०१३ मा चार्टर भएका उपाध्याय क्लबको नवौँ अध्यक्ष चयन भएका हुन्। यस्तै अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष तोयराज भट्ट, प्रथम उपाध्यक्ष अनिता पन्त, द्वितीय उपाध्यक्ष भुवन भट्ट चयन भएका छन्। यस्तै सचिबमा डिल्लीराज ऐरी, कोषाध्यक्षमा उद्धव महतो चयन भएका छन्।
यस्तै क्लब निर्देशकमा गणेशबहादुर सिंह, ओम पनेरु, पुष्कर ओझा, हरिशंकर ठाकुर र सुशिल भण्डारी रहेका छन्। त्यस्तै रोट्याक्ट कोर्डिनेटरमा सुर्य गुरुङ, इन्ट्याक्ट कोर्डिनेटरमा सुनिता खत्री, सर्जेन्ट आर्ममा निर्मला भट्ट चयन भएका छन्। आगामी वर्षको अध्यक्षमा टेन्द्रराज जोशी चयन भएका छन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।