धनगढी। कोरोना माहामारी र निषेधाज्ञाका कारण दुई महिना बन्द भएको यातायात क्षेत्र पुर्ण रुपमा खुलाउन यातायात ब्यवसायीले माग गरेका छन् । सुदुरपश्चिमका यातायात व्यवसायीले पनी २१ गतेसम्म सरकारलाई पर्खने नत्र सबै गाडी कुदाउने चेतावनी दिएका हुन्। सुन्दर सुदुरपश्चिम यातायात प्रा.लीका कार्यालय प्रमुख देवीलाल जोशीले यातायातमा जोरबिजोर कायम गरिएकाले पुर्ण रुपमा यातायात सञ्चालन नभएको जानकारी दिए । उनले भने सरकारको २२ गतेसम्मको निर्णय पर्खेका छौँ । त्यसपछि पुर्ण रुपमा गाडी चलाउँछौ । किनकी यातायातमा आबद्ध मजदुर तथा यातायात ब्यवसायी मारमा परेका छन्, उनले भने । कोरोनाको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै यातायात ब्यवसायी गाडी चलाउन आत्तिसकेका छन् । तर जोरबिजोर प्रणाली अनुसार सबैले गाडी सञ्चालन गर्न पाएका छैनन् । कार्यालय प्रमुख जोशीले भने ।
कैलाली प्रसासनले खुकुलो बनाएको निषेधाज्ञापछि सवारीसाधन सञ्चालन गर्ने आदेश अनुसार सुन्दुरपश्चिम यातायात प्रा.लीका अहिले दैनिक १५/२० ओटा मात्रै गाडी चलेका छन् । कैलाली कंचनपुरमा जिल्ला भित्र मात्रै जोर बिजोर अनुसार सवारी साधन संचालन गर्ने र छोटोदुरिका निर्णय प्रति यातायात ब्यबसायी मजदुरको आपत्ति रहेको सुन्दर सुदुरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए । उनले भने कोरोनाको दोस्रो महामारीले दुई महिना देखि बन्द भएको सार्बजनिक सवारी साधनका मजदुर ब्यबसायीलाई सरकारले कुनै पनि राहत दिएको छैन, कोरोना भ्यक्सिन खोप लगाएको छैन, गाडी का कागज पत्र नवीकरण जरिवाना छुट भएको छैन बैंक ब्याज बिमाको समबन्धमा कुनै निर्णय भएको छैन,उनले भने । यता जिल्ला प्रसासन कार्यालय कैलालीले जिल्लाभर मात्रै निजी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न कोरोनाको सुरक्षा अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजारको आधारमा सवारी साधन सञ्चालन गर्न आदेश दिइएको थियो । यस्तै,जोरबिजारको आधारमा सवारी साधन सञ्चालन गर्न र जिल्ला बाहीर जान अनिवार्य सवारीपासको ब्यवस्था गरेको थियो ।
यता, नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले २१ गते सम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । काठमाडौँ जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो । असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतःस्फूर्त रूपमा असार १८ गतेदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरू तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले भने “जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले । सिडिओले मातहतका निकायसँग छलफल गरेर निर्णय गर्छौँ भने पछि २१ गते सम्म पर्खिन सहमत भएका हौँ ।”
अखिल नेपाल यातायात मजदुर सङ्घको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ गते सम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिए । २१ गते पनि आफूहरूको पक्षमा निर्णय नभए २२ गते देखि सबै सवारीसाधन सञ्चालन गर्ने बताए । उनले भने, “सिडिओ साहेबले हामीलाई आश्वासन दिनुभएको छ । २१ गतेसम्म निषेधाज्ञाको समय छ । लामो रुटको यातायात खोल्ने कुरामा सीसीएमसीको कुरा छ । अन्य जिल्लाहरूसँगको सहकार्यको कुरा छ । तपाईँहरू पनि सीसीएमसी र मन्त्रालयमा कुरा राख्नुहोस् र २२ गते देखि हामी निर्णय गर्छौ भन्नुभएको छ । त्यो आश्वासन व्यवहारमा लागु गर्नुभएन भने हामी २२ गते बाट पूर्ण रूपमा सवारीसाधनहरू सञ्चालन गर्छौँ । त्यसपछि समस्या आइपर्यो भने त्यसको जिम्मेवार सरकार नै हुन्छ ।”