कञ्चनपुर। कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
जिउ मास्ने,बेच्ने मुद्धामा कञ्चनपुर जिल्ला अदालतबाट २०५४ बैशाख २० गतेको फैसलाले १५ दिन कैद भई फरार रहेका उनलाई मिति २०७८ असार १६ गते हिजो घर पक्राउ गरेको हो । धामीलाई पक्राउ गरी कञ्चनपुर अदालतमा पेश गराईएको र अदालतबाट निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।