धनगढी। धनगढीको मिश्रा पोलिक्लिनिक फार्मेसीलाई औषधि विभागद्धारा शिल गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको फार्मेसीले अवैध रुपमा गुणस्तरहिन औषधि बिक्री वितरण गरेको भन्दै शिल गरिएको हो । औषधि विभागमा दर्ता नै नगरेर फार्मेसीले अवैध तरिकाले १० महिना अगाडिदेखि पोलिक्लिनक फार्मेसी सञ्चालन गरेको पाईएपछि शिल गरिएको औषधि विभाग व्यवस्था नेपालगन्जले जनाएको छ।
औषधि विभाग व्यवस्था नेपालगन्जले गरेको चेक जाँचमा उक्त पोलिक्लिनिक फार्मेसीमा दर्ता नभएको र गुणस्तरहिन औषधि बिक्री वितरण गरेको पाईएको हो। उक्त फार्मेसीमा दक्ष कर्मचारी समेत नरहेकाले शिल गरेको विभागले जनाएको छ। यता मिश्रा पोलिक्लिनकका संचालक समेत रहेका डाक्टर रुपेसकान्त मिश्रले आफुले फर्मेसी दर्ता बिना नै संचालन गरिएको स्वीकारेका छन् । पछिल्लो समयमा सरकारले गरेको निषेधाज्ञाका कारण फामेर्सी दर्ता गर्न नसकिएको उनको भनाई छ ।