कञ्चनपुर। कञ्चनपुरमा भुमि समस्या सामाधान आयोगले जगा धनी लालपुर्जा दिन जिपि.एस पोेईन्ट निर्धारण गरी जग्गा नाप चाँच कार्य शुरु गरेको छ । सोमबार जिल्लाका दुई पालिका बेलडाँडी गाउँपालिका र कृष्णपुर नगरपालिकाबाट एकै पटक जगाधनी लाल पुर्जा दिन जिपि.एस पोेईन्ट निर्धारण प्रणाली मार्फत नाप जाँच कार्य अघि बढाउदै कार्यको शुरुवात गरेको हो । कार्यक्रमका विच बेलडाँडी गाउँपालिका वडा नं-३ मा भुमि समस्या सामाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहरा र बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका हुन् ।
बेलडाँडी गाउपालिकाको वडा नम्बर-३ र कृष्णपुरको वडा नम्बर-५ बाट जिपि.एस मार्फत जगा नाप जाँचको कार्यको थालनी गरीएको भुमि समस्या सामाधान आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले बताउनु भयो। आयोगले संकलन गरेका फारमका आधारमा स्थानिय पालिका संगको समन्वयमा तत्काल जगा नाप जाँचको कार्यको शुरुवात गदै अघि बढि रहेको भुमि समस्या सामाधान आयोग कञ्चनपुरका अध्यक्ष बोहराले बताउनु भयो । उहाँका अनुसार ‘जो पालिकाबाट सहज ढंगले समस्या सिर्जना नहुने खालबाट काम गर्ने बातावरण मिल्छ सो पालिकाबाटनै कामको शुरुवात गरिरहेको बताउनु भयो ।’ उनले भने ”अहिले नाप जाँच कित्ताकाट लगायतका कार्य गरी साउन मसान्त सम्ममा करिब एक हजार जतिलाई जग्गा धनी पुर्जा दिने योजनाका साथ अघि बढेको समेत बताए ।”
जिल्ला भरीमा संकलन गरीएका फारम मध्ये सबै भन्दा बढी अव्यवस्थित बसोबासिको ४९ हजार ९ सय ९४, भुमिहिन दलित सुकुम्बासीको ३१ सय भन्दा बढी, अधुरा अपुरा फिल्ड बुक कायम भएकाको ६४ सय १७ फारम संकलन भएकाले सोहि अनुरुप बास्तबिकता पहिचानको आधारमा कार्य गरिने समेत बताए । यसरी आयोगले जगा नाप जाँचको शुरुवात गरे संगै बर्षो देखि रहेको भुमि सम्बन्धिको समस्या समाधन भई जगा धनी लाल पुर्जा पाउनेमा जनताको आशा पलाएको छ ।