धनगढी। कैलालीमा खुकुलो पारिएको निषेधाज्ञा २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारीराखिएको छ । कैलालीमा निषेधाज्ञा परिमार्जन गर्दै पुनः आज राती १२ बजे देखी असार २२ गते राती १२ बजे सम्म निषेधाज्ञा लागु गरिएको हो। जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयलाई टेक्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार १६ गतेदेखि निषेधाज्ञा थप खुकुलो पारिएको छ । अब सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिईने भएको छ । नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी यसअघि नै सञ्चालन गर्न दिइएको थियो ।
सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । सवारी साधनले क्षमता भन्दि यात्रु बोक्न पाउने छैनन । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ । अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ । अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ६ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीको जारी निषेधाज्ञामा उल्लेख छ । भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहेको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन । नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले कैलाली जिल्लामा पनि परिमार्जन सहित निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । केन्द्रको बैठकले २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । के गर्न पाईन्छ, के गर्न पाईदैन हेर्नुहोस्