धनगढी। कैलाली कञ्चनपुरमा आजदेखी बिहान ६ बजे देखी साँझ ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । दुवै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केहि खुकुुलो पार्दै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो । कैलालीमा भने सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताए । उनका अनुसार सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ । यस्तै कञ्चनपुर प्रशासनले सवै प्रकारका सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्न सकिने जनाएको छ । यस्तै जिल्ला बाहिर जाने एम्बुलेन्स र मालबाहक सधन बाहेक अन्य सवारी साधनको हकमा जिल्ला प्रशासान कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने जनाएको छ ।