धनगढी। कैलालीमा आजदेखि सबैप्रकार पसल खोल्न पाईने भएको छ। कैलालीमा सम्पुर्ण पसलहरु आजदेखि बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने कैलाली प्रशासनले जनाएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले जिल्लामा लक डाउन खुकुलो गरेको हो । यस अघि दिउँसो ३ बजेसम्म मात्रै बजारहरु खुल्दै आएका थिए ।
यस्तै रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ। सो अवधिमा सम्पुर्णले सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरिएको छ ।