धनगढी। कैलालीमा जारी निषेधाज्ञा अझ केही खकुलो बनाएर एक हप्ता थप्ने तयारी गरिने भएको छ । कैलालीमा निषेधाज्ञाको स्वरूप परिवर्तन गरि मंगलबारसम्म जारी गरिएको निषेधाज्ञा लम्विने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले गृह मन्त्रालयको निर्देशन अनुसार त्यस बारेमा अगाडी बढ्ने बताएका छन् ।
कैलाली प्रशासनले कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थपिदै आएको छ । कैलालीमा दुई महिनादेखि थपिदैं आएको निषेधाज्ञा पछिल्लो समयमा भने खुकुलो पारीदै लगिएको छ । कैलालीमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू भईसकेको छ । तर असार ८ गतेबाट जोर बिजोर प्रणाली लागु भएको भएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन हुने नहुने विषयमा अन्यौलता कायमै रहेको छ ।