धनगढी। कैलालीको अत्तरियामा सडकबाट खसेको अटो कल्भर्ट निर बिच पाइपमा अड्किन पुग्यो। कैलालीको गोदावरी नगरपालिका – २ मा अत्तरियाबाट गोदावरी तर्फ गइरहेको उक्त अटो एक्कासि अनियन्त्रित भएर कल्भर्टको तल खसेको हो । एक्कासि अनियन्त्रित भएर कल्भर्टको तल खसेको अटो संयोगले कल्भर्ट मुनीको पाइपमा ठयाक्कै रोकिन पुगेको हो ।
तर, संयोगबस अटो कल्भर्ट मुनीको पाइपमा रोकिदाँ ठूलो क्षति हुनबाट जोगिएको छ । स्थानियका अनुसार अटोमा ४ जना सवार रहेका थिए । दुर्घटनामा अटो चालकलाई सामान्य चोट लागेपनि अन्य यात्रु सकुशल रहेका छन् । उक्त अटोबाट मानिसहरूलाई भने निकालिएको छ । उक्त अटो घटना स्थलमै रहेको थियो ।