काठमाडौं । बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेरनगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ । आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र भोलि बस्ने सोमबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने/नगर्नेबारे तय गर्ने काठमाडौं जिल्ला प्रुमख अधिकारी (सिडिओ)कालीप्रसाद पराजुलीले बताए ।
उनका अनुसार निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे तयारीबारे पनि छलफल भएको छ । ‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन । तैपनि खोल्ने सम्भावना र त्यसको तयारीबारे छलफल भने गरिएको छ । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ । साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । त्यसैले जोरबिजोरबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।’
अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन ।सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् । यस विषयमा आइतबारको बैठकमा छलफल भएको छ ।असार १५ सम्म जारी निषेधाज्ञा थप गर्ने, सार्वजनिक सवारी चल्न दिनेबारेलगायत विषयको मोडालिटी भोलि बस्ने बैठकले तय गर्ने उनले बताए ।