कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार ३ जना प्रतिबादी पक्राउ परेका छन् । प्रहरी प्रतिबेदनको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी लागुऔषध (चरेश) मुद्धामा वारदात मिति देखी नै फरार रहेका कञ्चनपुर भिमदत्त नगरपालीका ८ तिलाचौरका ४८ बर्षीय भानि भट्ट भनिने भानदेब भट्ट र लागुऔषध(खैरो हेरोईन) मुद्धामा वारदातमा संलग्न रही वारदात मिति देखी नै फरार रहेका दोधारा चादँनी नगरपालिका ७ घर भई भिमदत्त ४ सब्जी मन्डी स्थित मल्ल मासु पसल संचालन गर्ने ३२ बर्षीय बिजेन्द्र मल्ल र २१ बर्षिया शारिरीक क्षमता फरक भएकी महिलालाई करणी गर्ने कञ्चनपुर बेदकोट १० का नयागांउ बस्ने ४० बर्षीय चक्र बहादुर सार्कीलाई असार ९ गते प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आफ्नै घर ठेगानामा लुकि छिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार ३ जना प्रतिबादी पक्राउ
कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार ३ जना प्रतिबादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

