बझाङ। बझाङको बित्थडचिर गाउँपालिकाले ५० करोड बराबरको बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष जानकी बोहराले बुधबार पाँचौँ गाउँसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५० करोड, १९ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । गत वर्षको भन्दा गाउँपालिकाको बजेट करीब ३ करोडले बढी छ । गत वर्ष गाउँपालिकाले ४७ करोड ५१ लाख ८५ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।
जसअन्तरगत चालु तर्फ २५ करोड ६ लाख एकानब्बे हजार र पुंजीगत तर्फ १४ करोड ४७ लाख २२ हजार विनियोजन गरेको छ । यस्तै सामाजिक सुरक्षा भत्ता र विभिन्न गैर सरकारी संस्थाहरुको बजेट ५० करोड १९ लाख १३ हजार बराबरको बजेट ल्याएको हो । गाउँपालिकाले कृषि तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै महामारी नियन्त्रण तथा जोखीम नियन्त्रणका लागी गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको छ । यस्तै शिक्षा, खेलकुद, भौतिक निर्माण तथा स्वरोजगार विकासमा गाउँपालिकाले जोड् दिएको छ । साथै गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
यस्तै गाउँसभाको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम बोहराले आफुहरु निर्वाचित भएको पाचौं बर्षमा आइपुग्दा थुप्रै प्रगतिहरु गरेको बताए । उनले गाउँपालिकाले भौतिक विकास निर्माण अन्र्तगत सडक, खानेपानि, बिद्युत, झुलुङ्गे पुल, बाटोघाटो, विद्यालयका भवन निमार्ण, भौतिक संरचनाहरु, स्वास्थ्य संस्था विस्तार भएको बताए ।
यस्तै आम जनसमुदायको जिवनस्तरमा थुप्रै प्रगति भएको धारणा राखे । आफुहरुले काम गर्ने क्रममा थुप्रै चुनौतिहरु सामना गर्नु परेपनि आगामि दिनमा आउने जनप्रतिनिधीको लागी संस्थागत जग निमार्ण गरेको बताए । उनले समाज परिर्वतनको सवालमा एक व्यक्तिले मात्रै केही गर्न नसक्ने भन्दै मानिसहरुको चेतनामा विकास हुनु जरुरी रहेको बताए ।कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।