धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ खैराना निवासी बामदेव अवस्थीले आफ्नो जन्मोत्सवको अवसरमा खाद्यान्न तथा स्टेसनरी सहयोग गरेका छन । डोटीको जोरायल गाउपालीका ३ अवस्थीगाउँ घर भइ हाल कैलाली जिल्ला गोदावरी ४ खैराना बस्ने अवस्थीले आज आफ्नो जन्म दिनको शुभ अवसरमा अत्तरीया स्थित सुप समावेसी आधारभूत विद्यालयका अपाङ्ग र असाहय विद्यार्थीहरुलाई विविध खाद्यान्न तथा स्टेशनरी सामाग्री उपलब्ध गराएका हुन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाका लागि १ कट्टा चामल, ३ किलोग्राम दाल, १० पोका तेल, ३ किलोग्राम नुन, मसला, मिठाई, साबुन संगै ५० पिस कपी र पेन्सिल गरी करिब ८ हजार रुपैयाँ बराबरको सहयोग सामग्री अवस्थीले विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई हस्तान्तरण गरेका थिए । उक्त विद्यालयमा हाल ५९ जना विद्यार्थी अध्ययनरत रहेका छन । यस्तै प्रतिभा सामुदायिक पुस्तकालयका आजीवन सदस्य समेत रहेका अवस्थीले ३७ औं जन्मोत्सवको अवसरमा गोदावरी नगरपालीका २ उत्तर वनखेत बस्ने अति विपन्न परिवारका धनपति बास्कोटालाई पनि अवस्थी, प्रतिभा सामुदायिक पुस्तकालयका ब्यापारी– ढाकानाथ गजुरेल र धर्मी खड्काको संयुक्त सहयोगमा खाद्यान्न लगायतका आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
चामल, दाल लगायतका खाद्यान्न सहयोग गरेका थिए । यसैबीच जन्मोत्सवको अवसरमा अवस्थीले धनगढीको बोराडाडीमा रहेको निङ्गाशैनी आश्रम गुरुकुललाई पनि २ हजार बराबरको खाद्यान्न सहयोग गरेको बताए । उनले जन्मोत्सव मनाउने खर्च विपन्न र आवश्यकता भएका व्यक्तिलाई सहयोग गरेको बताए । उनले सहयोग गरेर जन्मोत्सव मनाउँन पाउँदा निकै खुसी मिलेको जानकारी दिएका छन् ।