धनगढी : जिफन्टमा आबद्ध नेपालयातायात(स्वतन्त्र मजदुर सगठन सुदूरपश्चिम प्रदेश कमिटिले स्थापना दिवशको अवशर पारी धनगढी उप महानगरपालिका १३ स्थित निडलासैनि गुरूकुल संस्कृत बिधापिठमा खाद्यान्न सहयोग गरेको छ । संगठनको ४२ औँ स्थापना दिवशको अवशर पारी सो खाद्यान्न सहयोग गरेको संगठनका प्रदेश अध्यक्ष ललित चन्दले बताए । संगठनका केन्द्रिय सचिव जित बहादूर मल्लको समेत उपस्थिती रहेको सो कार्यक्रममा बिद्यापिठलाई चामल, नुन, तेल, दाल तथा कोरोना कहरका बेला स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको हो । बिद्यापिठमा आश्रय लिइरहेका बालबालिकाहरुलाई खाद्यान्न, कापी कलम, तथा सेनिटाइजर मास्क लगायत १० हजार बराबरको समान संगठनले सहयोग गरेको हो । मजदूरहरुको संगठन भएपनि सामाजिक उत्तरदायित्व निर्बाह गर्दै यो सहयोग गरेको चन्दले बताए ।
दिवशकै अवशरमा संगठनले रक्तदान कार्यक्रमपनि आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र धनगढीमै गई संगठनले रक्तदान गरेको हो । यस्तै यातायात मजदूर संगठनका बिभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय कैलाली र भौतिक पुर्वाधार मन्त्रीलाई मजदूरलाई कोभिड भ्याक्सिन दिनुपर्ने लगायत १० बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको छ । सुदूरपश्चिमका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारी र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई ज्ञापनपत्र बुझाएको चन्दले बताए ।