धनगढी। सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ८० जनामा संक्रमण पुस्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा १४१ नमुना पीसीआर तथा प्रदेशभरि ६ सय ७८ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८० जनामा संक्रमण पुस्टि भएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६३ जनाको नमूना परीक्षण गर्दा २१ जना, महाकाली अस्पतालमा १३ नमुना परीक्षण गर्दा ४ जना, डडेल्धुरा अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा २ जना, डोटीमा अस्पतालमा ११ जनाको नमूना परीक्षण गर्दा ४ जना र बैतडी अस्पतालमा ४६ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १६० जना संक्रमित निको भई घर फर्किएका छन्। २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कैलाली र बैतडीका १/१ जनाको मृत्यु भएको हो। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५६ हजार २२१ नमुना परीक्षण गर्दा ४३ हजार ३१६ जनामा संक्रमण पुस्टि भएको छ भने ५६९ जनाको मृत्यु भएको छ।