कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालसहित चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय अत्तरिया, कैलालीमा उजुरी परेको छ । नगरप्रमुख हमालले असार २ गते राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको थियो।
होटलका संचालक गिरिकी छोरी कृतिमा गिरीले आज शान्ति सुरक्षा र कारवाही गरी पाउँ भनि नगरप्रमुख कर्ण हमाल, नेचुरल होटलका संचालक राम भनिने रमेश प्रसाद भट्टराई, ललित साउद, गाडी चालक तथा डाइभरसहित इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीमा उजुरी दायर गरेकी हुन् । उनले पत्रमा लेखेकीछिन्. हमाल सहितका ४ को समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव र ज्यान मार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेखित गरेकी छिन । कृतिमा गिरिले आफ्ना बुवाबिरुद्ध मेयर कर्ण बहादुर हमालले दिएको धम्की सहन नसकेर असार २ गते राती नै फेसबुकमा एक स्टाटस् पोस्ट गरेकी थिइन् । नेचुरल होटलका संचालक राम प्रसाद भट्टराईले कृतिमा गिरिलाई बारम्बार टेलिफोनमार्फत सम्पर्क गरी समाचार र पोष्ट डिलिट अथवा हटाउन दबाव दिएको प्राप्त गरेको कल रेर्कडमा सुन्न सकिन्छ ।
असार तीन गते कृतिमा गिरी भने जंगलमा बाख्रा चराउन गएकी थिइन् । त्यहीं बेला मेयर हमालको टोली अथवा राम प्रसाद भट्टराईले फोन गरी तिमी कता छौ घरमा आउनुहोस्‘।पोष्ट डिलिट गर्नुहोस् लगायतका शब्द प्रयोग गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालसहित हामी मदिरा ‘रक्सी’ सेवन गर्न गोदावरीको गौरब होटलमा गएको राम प्रसाद भट्टराईले उक्त अडियो कलमा दाबी गरेका छन् । यति मात्रै भनेका छैनन् कि उनले ००१ झ ३९९ नम्वरको गाडी समेत कृष्णपुर नगरपालिकाको रहेको बताएका छन् । यस्तै नेपाली कांग्रेसले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालको क्रियकलापप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । नेपाली कांग्रेस कृष्णपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै राति राति बन्द होटल गएर रक्सी माग्दै होटल संचालकलाई धम्की दिएको समाचार कान्तिपथ डटकमसंगै बिभिन्न संचार माध्याममा आएपछि यसप्रति आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको हो । कृष्णपुर नगरपालिकाकै अभिभावक जस्तो ब्यक्तिले शक्ति र श्रोतको दुरुपयोग गरी निन्दनिय अबच्छित क्रियकलाप गरेको प्रति आपत्ति जनाउदै यस घटनाले तत्काल पदवाट राजिनामा दिन माग गरेको छ ।
यस घटनाले सिङ्गो कृष्णपुरबासीको शिर झुकाएको छ , कृष्णपुरका राजनैतिक , सामाजिक क्षेत्रमा काम गरिरहेका सम्पूर्णको अपमान हुन जस्ता कार्यहरु तत्काल रोक्न काग्रेसको माग छ । यस्ता किसिमका गैरजिम्मेवार चरित्रहिन कार्य गर्ने नगरप्रमुख सो पदमा बाहल बसिरहन नैतिक रुपमा बान्छनिय नहुने हाम्रो ठहर भएकाले तत्काल नैतिकताको आधारमा पदवाट राजिनामा गरी कृष्णपुरको स्वाभिमान बचाउन हाम्रो माग छ । साथै यस घटनाको बारेमा सत्य निक्ष्पक्ष छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कडा कानुनी कारबाही गर्न गराउन सरोकारवाला सम्बन्धित निकायलाई समेत जानकारी अनुरोध गरिन्छ उक्त विज्ञप्तीमा भनिएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कृष्णपुर नगर कमिटीका सचिव जगदीश मल्लले एक प्रेस विज्ञप्ती जारी गर्दै राति राति बन्द होटलमा गएर रक्सी माग्दै होटल संचालकलाई धम्कि दिएको समाचार बिभिन्न संचार माध्यममा आएपछि यसप्रति आफ्नो गम्भिर ध्यानआक्रषण भएको जनाएको हो । सत्य निक्ष्पक्ष छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कडा कानुनी कारबाही गर्न गराउन सरोकारवाला सम्बन्धित निकायलाई समेत जानकारी अनुरोध गरिन्छ उक्त विज्ञप्तीमा भनिएको छ । उनले आफ्नो सामाजिक संजालमा एउटा लामो स्टाटस हाल्दै यसरी दुख ब्यक्त गरेकी छन्
००१ झ ३९९ न स्कार्पियो सेतो प्लेट भएको गाडी असार २ गते बुधबार राती १० . १० मिनेटमा गोदावरी बजारमा रहेको बन्द गरेको गौरव होटेलमा ढोका खोल्नुस भन्दै रक्सी दिनुस भन्दै बारम्बार धम्की दिदै गर्दा गौरव होटेलको संचालक बिष्णु देव गिरिलाई धम्कि दिएर बारम्बार झगडा गर्दै उहाहरुले गर्न खोज्नु भयको चाही के थियो । त्यो गाडी ४ जना ब्यक्ती थिए मेरो बुबालाइ धम्की दिनुको कारण के थियोे आखिर त्यो राती बन्द गरेको पसल खुला गर होइन भने तेरो होटेल को हालत के हुन्छ तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दियो । हामी सरकारी कर्मचारी हो र हाम्रो पावर कहा सम्म छ भन्दै धम्की दियको छ ।
सरकारि गाडी ल्यायर आएको छु भन्दैमा डराउदै धम्काउदै हिन्ने कति सम्मको घटीया र गद्द्दारि हुन र मेरो बुबालाइ त्यसरी धम्काउदै गर्दा मैले सहन न सकेर यो फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न बाध्ये भएकि हु । उहाहरुको पावर होला आफ्नो ठाँउमा होला राजनीति गर्छन् होला आफ्नो ठाउँमा गर्छन् होला तर हामी गरिब दुखीलाइ यस्तो लकडाउनमा राती आएर धम्कि दिनलाइ तिनिहरुको बाउको के खाएको थिए। राती आएर यस्तरी धम्की दिएर गएका छन । भोलिको दिन मेरो बुबा को ज्यान तल माथी भयो या तिनिहरुले धम्की दिदा यो पनि भनेका थिएकि तलाइ छोर्दैन भोलिको दिन जा देख्यो त्यतै मारेर फाल्छु भनेर मुख छोडेर धम्की दियको हुदा भोलीको दिन मेरो बुवाको ज्यान तलमाथी भयो भने तिनीहरु ४ जना को नाम पब्लिक गर्छु । अहिले त गाडी नम्बर मात्रै पब्लिक गरेको छु । कति सम्मका घटिया नामर्दहरु छ्न अझै राजनीति पैसा पावरको धम्की दिदै बन्द गरेको होटेल खोल भन्दै हातपात गर्न खोज्ने धुर्तहरुलाइ उनिहरुले गरेको गल्तिको सजाय चाडैं मिलोस ।