धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीको सरुवा भएको छ । दिपायलमा कार्यरत प्रहरी प्रमुख तथा डिआइजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा अनुसार सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पुरुषोत्तम कँडेलले पाएका छन् ।
यस्तै नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको हो । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् ।
उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ । गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर पठाइएका छन् ।
https://drive.google.com/file/d/15tF6hijfSDn1yNfMGfDu3-iLFJPDhCdq/viewiLFJPDhCdq/viewhttps://drive.google.com/file/d/15tF6hijfSDn1yNfMGfDu3-iLFJPDhCdq/view