धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप एक साताका लागी लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रणकालागि कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै थप एक साता लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए । सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी)को बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको छ । आज थपिएको निषेधाज्ञा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो । कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
लम्ब्याइएको निषेधाज्ञामा के–के निर्णय भयो हेर्नुहोस्