धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा २४ नमुना पीसीआर तथा प्रदेशभरि ५ सय २८ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुस्टि भएको छ। आज सेती अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएन् ।
कञ्चनपुरको महाकाली अस्पतालमा १२ नमुना परीक्षण गर्दा ६ जना र अछामको कमलबजार अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुस्टि भएको छ। आइतबार १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कैलालीका १ जनाको मृत्यु भएको हो।
यस्तै हालसम्म १४६ जना संक्रमित निको भई घर फर्किएका छन्। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५४ हजार ६२० नमुना परीक्षण गर्दा ४३ हजार १९७ जनामा संक्रमण पुस्टि भएको छ भने ५६६ जनाको मृत्यु भएको छ।