कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलमा क्षति पुर्याएको छ । महेन्द्रनगर र दोधाराचाँदनी तथा भारतको बनबासा जोड्ने पुलको पहुँचमार्ग बाढीले बगाएको हो । तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग बाढीले भत्काउनुका साथै दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
चार लेन पुलको बाटो नदीले कटान गर्दा आवातजावत बन्द भएको छ । त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सीएसईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए। गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको रकालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको जानकारी दिए ।अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पु¥याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने इन्जिनियर पाण्डेले जानकारी दिए।