धनगढी : कैलालीको एक गाउँपालिकाका कर्मचारी कार्यालयको काम छोडेर दिउँसै रक्सी भट्टीमा भेटिएका छन् । बिहिबार दिउँसो २ बजेदेखी कार्यालय छोडेर गायब ति कर्मचारीहरु ४ बजेसम्म फर्केनन् । बिहिबार कार्यालयको काम छोडेर सुक्खड रहेको रुपेस रेस्टुरेन्ट एण्ड लजमा उनिहरु मदिरा सेवन गरिरहेको भटिए ।
दिउँसोको सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेर होटेल छिरेका उनिहरु कार्यालय समय सकिदासम्म बाहिर निस्केनन् । त्यही कर्मचारीहरुको प्रतिक्षामा बसेका सेवाग्राहीहरु भने सेवा नपाएरै घर फर्के । कर्मचारीहरु दिउँसै गायब भएपछि सेवाग्राहीहरु आक्रोसित थिए । उनिहरुले जनताको काम छोडी मदिरामा लठ्ठ हुने कर्मचारीहरुलाई कार्वाहीको माग गरेका छन् ।