धनगढी: कैलालीको धनगढीस्थित बुद्धचोकमा मुख्य व्यवसाय सञ्चालन गर्दै आएको न्यु सिंह वस्त्रालयले एलएन चोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। वस्त्रालयले आजदेखि धनगढीको एलएन चोकबाट पनि सेवा सुरु गरेको हो। विगत ११ वर्षदेखि बुद्धचोकबाट ग्राहकलाई सेवा दिँदै आएको वस्त्रालयले ग्राहकको बढ्दो चाप र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको जनाएको छ।
वस्त्रालयमा महिला तथा पुरुषका विभिन्न प्रकारका कपडा, ब्याग, जुत्ता, चप्पललगायतका सामग्री उपलब्ध छन्। बुद्धचोकमा ग्राहकको विश्वास र माग बढ्दै गएपछि व्यवसाय विस्तार गरी एलएन चोकबाट समेत सेवा सुरु गरिएको हो। यसैबीच, वस्त्रालयले नजिकिँदै गरेका दसैँ तथा तिहारलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना पनि ल्याएको छ। वस्त्रालयले विभिन्न सामग्रीको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिने अफर सार्वजनिक गरेको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै धनगढीका ग्राहकले एलएन चोकबाटै विभिन्न प्रकारका कपडा तथा अन्य सामग्री खरिद गर्न सक्नेछन्।


