धनगढी । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ५ मा कांग्रेसको इतर समूहबाट क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय नेतृत्व चयन भएको छ। क्षेत्रीय सभापतिमा बुद्धि खड्का निर्वाचित भएका छन् भने प्रदेश सभा क्षेत्र नं. ५ (क) को सभापतिमा प्रेम चौधरी र प्रदेश सभा (ख) को सभापतिमा गणेश बम निर्वाचित भएका छन्।
क्षेत्रीय सभापतिमा निर्वाचित खड्काले अब कैलाली क्षेत्र नं. ५ मा पार्टीको संगठनलाई थप व्यवस्थित बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र पार्टीलाई आगामी राजनीतिक गतिविधिमा प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्।
नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा, नेतृत्व विकास र संगठनात्मक पुनर्संरचनाको महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।


