धनगढी: जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् । अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका–६ बस्ने ३४ बर्षिय अहेब प्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सागर बोहराले बोगटी शौचालयमा मृत फेला परेको जानकारी दिए । उनकाअनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो । सो क्रममा उनी शौचालयमा मृत भेटिएका हन् । जिल्ला अस्पतालले भने उनी शौचालयमा अचेत भेटिएको जनाउदै उपचारका क्रममा मृत्युु भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

