धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक र दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने घोषणा गरेका हुन्।
संसदीय दलका अनुसार प्रदेशसभा सदस्यहरूको पारिश्रमिकबाट जम्मा हुने ३ लाख ६० हजार ८ सय ३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ।
भोटेकोसी नदीमा आएको बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको भन्दै कांग्रेस सुदूरपश्चिम संसदीय दलले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको जनाएको छ।

