धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर १०० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश विष्ट पक्राउ परेका हुन्। विष्टलाई अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

