धनगढीः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलिदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा आउने भएकी छन्। मन्त्री रावलले कञ्चनपुर, कैलाली, डडेल्धुरालगायतका जिल्लामा पुगेर स्थानीय नागरिकका गुनासो सुन्ने तथा मन्त्रालयसँग सम्बन्धित समस्या र विषयबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने बताएकी छन्।
भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित जनगुनासो सुन्ने कार्यक्रम रहेको उनले जानकारी दिएकी छन्। साथै सहकारी क्षेत्रका समस्या, भूमिहीन तथा सुकुम्बासीका समस्या र उनीहरूको अवस्थाबारे समेत सम्बन्धित नागरिक तथा सरोकारवालासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
मन्त्री रावलका अनुसार भ्रमणका क्रममा केही दिन सुदूरपश्चिममै रहेर स्थानीय नागरिकका समस्या र गुनासो प्रत्यक्ष रूपमा सुन्नेछिन्। उनले मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक छलफलसमेत गरिने बताएकी छन्।

