धनगढी— धनगढी उपमहानगरपालिका वडा नं. ८ मा रहेको श्री धनगढी नमुना प्राविधिक विद्यालयको प्राङ्गणमा ७२ वटा बोटबिरुवा ट्रीगार्ड सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
उपमहानगरपालिकाको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत विद्यालय क्षेत्रलाई हरियाली, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्य राखिएको छ। रोपिएका बिरुवाको संरक्षणका लागि ट्रीगार्डको व्यवस्था गरिएको जनाइएको छ। यस कार्यक्रमले विद्यार्थी तथा स्थानीय समुदायमा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गर्नुका साथै विद्यालय परिसरको सौन्दर्य अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

