धनगढीः लामो समय कैलालीमा पत्रकारिता गरेका दिपेन्द्र भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले आइतबार धनगढीबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार विद्युतीय कारोबारसम्बन्धी दर्ता भएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
पछिल्लो समय पत्रकारितामा निस्किृय रहेपनि भट्ट सामाजिक सञ्जालमार्फत विभिन्न अनियमितता तथा सार्वजनिक सरोकारका विषयहरू उठाउँदै आएका थिए । प्रहरीले उजुरीको विषय र आरोपका सम्बन्धमा थप विवरण भने सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।


