बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन्। शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नाथ सभापतिमा दोहोरिएको रास्वपा बैतडी उपसभापति हेमन्तकुमार ऐरले जानकारी दिए।
अधिवेशनबाट उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्। सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउँद चयन भएका छन्। कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ।


