धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको पुष्टि गरिन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ ।


