दार्चुलाः करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको मिति २०७२ जेठ १३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएपछि फारार रहेका मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटका एक पुरुष र सोही मुद्दामा ५ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएकी सोही ठाउँ महिला पक्राउ परेकी हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको जनाएको छ।


