महेन्द्रनगर। कञ्चनपुरमा अटोबाट खसेर एक वृद्धको मृत्यु भएको छ। आइतबार शुक्लाफाँटा नगरपालिका-५ गर्जमनीस्थित भित्री सडक खण्डमा सु।प।प्र। ०१-००२ स ०१६८ नम्बरको अटोबाट खसेर स्थानीय ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पन्तको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए। उनका अनुसार अटो र चालक शुक्लाफाँटा नगरपालिका-५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।


