धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन् । धनगढीका पत्रकारसंग छलफलका क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । संघमा नयाँ जनादेशको सरकार आइसकेको बताउँदै अब प्रदेश र स्थानीय तहमा पनि चाडै निर्वाचन हुनुपर्ने मुख्यमन्त्री शाहको तर्क थियो ।
पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार सुदूरपश्चिमका पत्रकाहरुले मुख्यमन्त्री शाहसंग छलफल गरेका हुन् ।


