धनगढी: यूएईविरुद्ध हुने अन्डर लाइट्स टी– २० आई सिरिजको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ऐरीको नेतृत्वमा आज टोलीको घोषणा गरेको हो ।
सिरिज यही अप्रिल २० र २१ तारिखमा हुँदै छ । यस्तै ओडिआई टोलीको कप्तानी भने रोहित पौडेलले गर्ने क्यानले जनाएको छ । लिग टु खेल्ने टोलीको पनि घोषणा गरिएको हो ।


