धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल अगाडि रहेका पसलहरूमा गएराति आगलागी हुँदा तीन वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुमन रानाको पसलमा आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाए।
स्थानीय बासिन्दा, प्रहरी तथा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।


