धनगढी : बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-४ का ३८ वर्षीय महादेव वडको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।
ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए। महादेवको शव परिक्षणका जिल्ला अस्पतालमै रहेको र भोलिमात्रै परिक्षणको काम हुने जनाएको छ।


